प्रमुख जिल्ला अधिकारी थपलियाद्वारा भैरे डाँडा आवास निर्माण अनुगमन : पहिरो पीडितलाई चाँडै हस्तान्तरण गरिने
किमाथाङ्का (सङ्खुवासभा)।सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा आवास निर्माण भइरहेको छ । विसं २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ का पहिरोबाट ५५ विस्थापित परिवारको खाँदबारी–७ स्थित भैरे डाँडामा घर निर्माण अन्तिम चरणमा पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले पहिरो पीडितको आवास निर्माणको अनुगमन गर्दै चाँडै काम सम्पन्न गरेर पीडितलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।
करिव दुई वर्षअघि थालिएको पहिरो पीडितको घर निर्माण अन्तिम चरणमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारीदिनुभयो । खाँदबारी–७ स्थित भैरे डाँडामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माणको काम अहिलसम्म ९० प्रतिशत काम सकिएको छ । शुक्रबार आवास निर्माणका अनुगमनमा प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी थपलिया, खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई भैरे डाँडा पुग्नुभएको थियो ।
विभिन्न कारणले रोकिएको–१ बेसिन्दाका ५५ परिवारले घर निर्माणको दोस्रो किस्ता लामो समयपछि भुक्तानी पाएपछि घर निर्माण गति लिएको थियो । यसका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान निर्णय गरेको थियो । आवास निर्माणका लागि पाँच लाख ५० रूपैयाँ तोकिएको थियो । आवास निर्माणको पाँच लाख ५० रूपैयाँ रकम प्राविधिकको मुल्याङकलनअनुसार तीन किस्तामा भुक्तानी दिइने छ । पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।
भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा एक करोड ३० लाख रूपैयाँमा खरिद गरिएको थियो । सिलिचोङ–१ बेसिन्दाका नौ घर विसं२०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्