झापामा एकैदिन तीन जनाले गरे आत्महत्या

भद्रपुर, झापा । झापामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । हिजो २४ घण्टामा जिल्लामा तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो बिहान हल्दिबारी–२ बस्ने २६ वर्षीय राजेश राजवंशीले आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरे । त्यस्तै हिजो राति भद्रपुर–६ तेलिभिट्टा बस्ने ४० वर्षीय चन्द्रसिंह राजवंशीले घरदेखि ७०० मिटर उत्तर बरको रुखमा प्लाष्टिकको पासो लगाई आत्महत्या गरेका छन् ।
यसैगरी, हिजो नै हल्दिबारी–३ आँपगाछी बस्ने ६८ वर्षीय मोहनलाल गिरीले छिमेकी मानबहादुर थानथुङको बारीमा रहेको लिचिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका छन् ।
त्यसको अघिल्लो दिन झापामा दुई जनाले आत्महत्या गरेका थिए । एकजनाले विष सेवन र अर्काले झुन्डिएर आत्महत्या गरेका थिए । सो दिन तीन जनाले विष सेवन गरेका थिए । दुईजनाको उपचार भइरहेको छ । झापामा दिनहुँजसो आत्महत्याको प्रयास र आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो ढंगले बढिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रम’ख प्रहरी उपरीक्षक राजन लिम्बूले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्