तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल पुल बनाउन माग गर्दै स्थानीयको धर्ना

झापा । झापामा विगत १५ वर्षदेखि अलपत्र भइरहेको गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने कनकाई पुल निर्माण तत्काल सुरु गर्नुपर्ने माग राख्दै स्थानीयवासीले धर्ना दिएका छन् ।

आज बिहान १० देखि ११ बजेसम्म गौरीगञ्ज गाउँपालिका १ स्थित कनकाई माई पुलमा स्थानीय मुकेश राजवंशीको नेतृत्वमा स्थानीयवासीले विभिन्न माग राखी धर्ना दिएका हुन् । गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने पुल बिगत १५ वर्षदेखि अलपत्र हुँदा स्थानीयवासीले वर्षायाममा धेरै सास्ती पाएको र बर्सेनि माईखोलाको पानी बस्तीमा पसेर अन्नबाली र धनजनको क्षति गरेकाले तत्काल बनाउन सुरु गर्नुपर्ने माग स्थानीयवासीले राखेका हुन् ।

धर्नाको यो कार्यक्रमबाट सरकारको ध्यानाकर्षण गराइएको र तत्काल पुल बनाउन सुरु नगरे थप विरोधका कार्यक्रम गरिने राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button