तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिलमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिपमा जम्मा १२ जना सवार रहेकोमा एक जनाको घटना स्थल मै मृत्यु भइसकेको र ९ जना घाइते भएका छन् । जिपमा सवार मध्ये २ जना सकुशल रहेका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button