तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक उडान सबै रद्द

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् ।

अन्तर्राष्ट्रिय तर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button