तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री घिसिङद्वारा चोभार गल्छी क्षेत्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गर्नुभएको छ । 

मन्त्री घिसिङले धोबी खोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

सो क्रममा उहाँले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गर्नुभएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button