मेची राजमार्ग र मेची कोरिडोरमा सवारीसाधन आवतजावतमा रोक
इलाम । सडक डिभिजन कार्यालय, इलामले लगातार वर्षा र जोखिमपूर्ण मौसमका कारण मेची राजमार्ग (जोरकलश–ताप्लेजुङ सुकेटार) र मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) मा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै सवारीसाधन बन्द गरिएको जनाएको छ ।
दिउँसो यात्रा आवश्यक परे ठुला सवारी (१० टनभन्दा बढी) मेची कोरिडोर र साना सवारी (१० टनभन्दा कम) सिमलगोला–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
सडक डिभिजनले सबै यात्रु र चालकलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न सडक डिभिजन कार्यालय इलामले आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्