तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा फुटबल प्रतियोगिता सुरु, १६ टोलीको सहभागिता

काठमाडौँ । पर्सा जिल्लाकै ग्रामीण क्षेत्रमा हुनेमध्ये सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता ठोरी गाउँपालिकामा मङ्गलवारदेखि सुरु भएको छ । 

ठोरी–४ को विजयवस्ती खेल मैदानमा सुरु भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट कुल १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा चितवन, मकवानपुर, सर्लाही, झापा, बारा र पर्साका टोलीहरूले भाग लिएका छन् । 

आगामी कात्तिक ४ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो संस्करणको प्रतियोगिताको उद्घाटन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रतियोगिताले ठोरीमा खेलकुद पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन खेलमा भरतपुर फुटबल क्लब चितवनले मिलन युथ जमात झापालाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

अब पहिलो चरणको दोस्रो खेल असोज १८ गते हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button