डोटीमा पहिरोमा परी एक बेपत्ता, तीन घाइते
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ हुणेखोला स्थित सिलगढी–झिग्राना सडक खण्डमा आइतबार दिउँसो पहिरो खस्दा एक जना बालिका बेपत्ता र तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब २ः४० बजे घरतर्फ पैदल हिँडिरहेका बेला माथिबाट आएको पहिरोले जिल्लाको सायल गाउँपालिका–४ भाल्माका प्रेम विष्टकी २६ वर्षीया श्रीमती महेश्वरी विष्ट र उनका तीन सन्तानलाई च्यापेको हो। उक्त घटनामा महेश्वरी विष्ट घाइते भएकी छन् ।
त्यस्तै उनकी छोरी ५ वर्षीया भगवती विष्ट पहिरोमा बेपत्ता भएकी छन्। उनका छोरा ७ वर्षीय सबिन विष्ट सामान्य घाइते भएका छन् भने ९ वर्षीया करिष्मालाई सामान्य चोट लागेको छ । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्