नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठक काठमाडौँमा जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले राख्नुभएको प्रस्तावमा समुहगतरुपमा छलफल हुने बताइएको छ ।

बैठकको सुरुमा माओवादी केन्द्रका महासचिव देव गुरुङले बैठकको एजेण्डा प्रस्तुत गर्नुभएको थियो । बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्