डडेल्धुरामा बडादसैँ लक्षित ‘यात्रु सहायता कक्ष’ स्थापना
डडेल्धुरा । डडेल्धुराका तीन स्थानमा बडादसैँ लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराले दसैँ, तिहार र छठ नजिकिएसँगै जिल्लामा आउने यात्रुहरूका लागी सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र बसपार्क बागबजार, स्याउले र तुफानडाँडा चौकमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यात्रु सहायता कक्षको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।
यात्रुहरूको सहजता र सुरक्षित यात्रालाई मध्यनजर राख्दै चाडपर्वको समयमा हुनसक्ने सम्भावित अपराध, दुर्व्यवहार नियन्त्रण र यात्रुहरूका गुनासो तथा समस्या समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्