गुल्मीमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी
गुल्मी । गुल्मीमा विषालु जङ्गली च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका १ बलिथुम बजार मुरा बस्ने ८३ वर्षीय केरसिंह रजाली, ३३ वर्षीय हिमा रजाली, १६ वर्षीय एलिजा रजाली, १३ वर्षीय बिपना रजाली, १० वर्षीय किरण रजाली र ३६ वर्षीय छिमेकी बुहारी नाता पर्ने बिपना रजाली बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिनुभयो ।
उनीहरूले बिहान १०ः०० बजे विषालु जङ्गली च्याउ खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरूको हाल गुल्मीको मजुवामा रहेको शुभ सारथि मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्