तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ ।

उहाँले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गर्नुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button