तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कर्फ्यु हट्यो, निषेधाज्ञा भोलि बिहान ५ बजेसम्म 

कञ्चनपुर । कञ्चनपुरमा लागू गरिएको कर्फ्यु आदेश आजदेखि हटाइएको छ । तर, शान्ति सुरक्षा कायम राख्न जारी निषेधाज्ञा भने भोलि भदौ २९ गते बिहान ५ बजेसम्म निरन्तर रहने भएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यु आदेश हटाइएको जानकारी दिएको हो । तर सोही ऐनको दफा ६ (१) र ६ (३) अनुसार निषेधाज्ञा भने तोकिएको समयसम्म लागू रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्पष्ट गर्नुभयो ।

ढकालले निषेधाज्ञा अन्तर्गत तोकिएका स्थान र शर्तहरूको पालना गर्न सबैलाई आग्रह गर्दै उल्लङ्घन नगर्न चेतावनी समेत दिनुभयो । उहाँले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै निषेधाज्ञा अवधिभर सहयोग गर्न आग्रह गर्नुभएको हो । यसैबीच, जिल्ला सुरक्षा समितिले कर्फ्यु तथा निषेधाज्ञाको समयमा सहयोग गर्ने सम्पूर्ण कञ्चनपुरवासी, सङ्घसंस्था र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । समितिले आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव कायम राखिदिन अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button