तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका विद्यालय आइतबारदेखि खुल्ने

बाँके । बाँकेको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका छन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका अध्यक्ष बिकास बज्राचार्यले शनिबार विज्ञप्ति निकाल्दै आइतबारदेखि पूर्ववत् रुपमा शिक्षण संस्था सञ्चालन हुने जानकारी गराउनु भएको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।  बज्राचार्यले आन्दोलनमा क्षति प्रति गहिरो दुःख व्यक्त व्यक्त गर्दै लामो समय देखि बन्द रहेको विद्यालय सञ्चालनका लागि सहज वातावरण बनाइदिन सरोकारवाला सबैसँगै अपिल गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button