गोरखामा कर्फ्यु हट्यो, दैनिक जीवन सहज बन्दै
गोरखा । जेनजी आन्दोलनका कारण दुई दिन देखि लागेको कर्फ्यु हटेपछि गोरखाको जनजीवन सहज बन्दै गएको छ । लामो दुरीका लागि सवारी नछुटे पनि छोटो दुरी र नीजि सवारी साधनहरू निर्बाध रुपमा चलेका छन् ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यु हटाइएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो ।
खाद्यान्न लगायतका केही पसलहरू खुल्न थालेका छन् । एम्बुलेन्स, शव वाहन, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साथै तरकारी, खाद्यान्न, दूध, पानी र औषधी ओसारपसार गर्ने सवारी सधान चल्न दिए पनि अन्य सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
पाँच जनाभन्दा बढी सङ्ख्यामा भेला भएर बस्न र सभा, सम्मेलन एवं जुलुस गर्न निषेध गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्