तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा कर्फ्यु आदेश जारी

गुलरिया ।  जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लामा सुरक्षासम्बन्धी विशेष परिस्थितिलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेले जारी गर्नुभएको विज्ञप्तिअनुसार साउन २६ गतेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु लागू हुनेछ। कर्फ्यु प्रत्येक दिन साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुने जनाइएको छ।

त्यस्तै, बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म पाँच जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, मेला तथा सामूहिक गतिविधि गर्न निषेध गरिएको छ।

आदेशको अवज्ञा गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। साथै जिल्लावासीलाई सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button