तपाईँ सुन्दै हुनुहुन्छः

खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने

खाँदबारी (सङ्खुवासभा)। देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ ।

नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म बन्द रहने जनाएको छ ।

सेवाग्राहीलाई यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नगरप्रमुख महेश थपलियाले संयमित र धैर्य रहन नगरवासीलाई अपिलसमेत गर्नुभएको छ । आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकाले अवस्था सहज भएसँगै आइतबारदेखि सेवा दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button