जेनजी समूहमा आन्तरिक विवाद, वार्तामा जाने टोली नेता सुशीला कार्की चयन गर्ने निर्णयमा मत विभाजन

काठमाडौँ । जेनजी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानसेनापति अशोकराज सिग्देलले आह्वान गरेको वार्तामा जाने समूहको संयोजक तोक्ने निर्णय गरेपछि जेनजी समूहबीचमा विवाद भएको छ ।
सो समूहको आज बसेको वृहत् भर्चुअल बैठकले वार्ताका लागि अनुभवी व्यक्तित्वका रूपमा कार्कीलाई चयन गरिएको जनाएपछि केही असन्तुष्ट पक्ष जङ्गी अड्डामा नाराबाजी गर्न पुगेका थिए ।
कसलाई नेतृत्वमा अघि सार्ने भन्ने विषयमा मत विभाजन भएपछि भोलि पुन छलफल गरी बैठकले निर्णय गर्ने जेनजी समूहका सदस्य समिम बरुवालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्