तपाईँ सुन्दै हुनुहुन्छः

सामान्य बन्दै सुर्खेतको जनजीवन 

सुर्खेत । जेन–जीको अराजक प्रदर्शनका कारण तनावग्रस्त बनेको कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको जनजीवन क्रमशः सामान्य बन्दै गइरहेको छ । 

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्दै गइरहेको हो । नेपाली सेना परिचालन भएपछि सामान्य चहलपहल बढिरहेको छ । 

यतिबेला वीरेन्द्रनगरका मुख्य सडकमा नेपाली सेनाको टोली खटिएको छ । वीरेन्द्रनगर स्थित मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा सरकारी अड्डामा सेनाको उपस्थिति रहेको छ । सरकारी कार्यालय आसपासका क्षेत्रमा सेनाले गस्ती बढाएको छ । 

बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सर्वसाधारणको फाटफुट आवतजावत भइरहेको छ भने सडकमा निजी  यातायातका साधन गुड्न थालेका छन् । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले शान्ति सुरक्षा कायम राख्न जिल्ला सदरमुकाम वीरेन्द्रनगरको सुब्बा कुनादेखि बाङ्गेसीमलसँगै रत्न राजमार्गको उत्तर क्षेत्रमा मात्र निषेधाज्ञा जारी रहेको बताउनुभयो । सुर्खेतमा हिजो ४ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button