तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

उहाँले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button