तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको बानेश्वर क्षेत्र वरिपरि कर्फ्यु आदेश जारी

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यान्हदेखि बानेश्वर क्षेत्रका केही भागमा कर्फ्यु आदेश जारी गरेको छ।

आफूलाई जेन जी पुस्ता बताउने युवाहरूले आज गरेको प्रदर्शनले उग्ररुप लिन थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

आज मध्यान्ह १२:३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश दिइएको हो। जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम उक्त निर्णय गरेको हो।

कर्फ्यु आदेश जारी गरिएका क्षेत्रहरूमा बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै विजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माविसम्म, बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमूल ओरालो हुँदै संखमूल पुलसम्म कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशमा उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button