तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जापानीज इन्सेफलाइटिसबाट ८ वर्षीय बालकको मृत्यु

नेपालगन्ज । बाँकेमा जापानीज इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-४ का ८ वर्षीय बालकको जापानीज इन्सेफलाइटिसबाट मृत्यु भएको हो । उनको भदौ १० गते मृत्यु भएको भए पनि स्वास्थ्यका अधिकारीहरूले ढिला गरी जानकारी दिएका हुन् । अरू ३ जना सङ्क्रमित छन् ।

नरैनापुर-४ का ३ महिनाका बालक र डुडुवा गाउँपालिका-२ का ६ वर्षीय बालकमा जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । उनीहरू उपचारपछि घर फर्किसकेका छन् । कोहलपुर नगरपालिका-१२ की ७ वर्षीया बालिकाको भने कान्ति अस्पताल काठमाडौँमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button