तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले मुस्लिमहरूको महान् पर्वको रुपमा रहेको मोहम्मद जयन्तीको अवसरमा भोली भदौ २० गते शुक्रवार सार्वजनिक बिदा दिने भएको छ । 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बरालद्वारा आज जारी सार्वजनिक बिदा सम्बन्धि सूचनामा भोली २० गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

मधेश प्रदेशको २०८१ चैत्र २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदा सम्बन्धी सुचना अनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएकाे मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button