नेपाल कानुन समाजसँग सहकार्य गर्नेबारे छलफल
काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा कानून निर्माणका लागि नेपाल कानुन समाजसँग सहकार्य गर्नेबारे छलफल भएको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले अभ्यास र आवश्यकता अनुसार कानुनहरू परिमार्जन र अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले नेपाल कानून समाज र समिति बीचको सहकार्यले नीति समीक्षा तथा परिमार्जनलाई सहज बनाउने बताउनुभयो ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष पुष्पा भुसाल गौतमले समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन विज्ञहरुसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले लैङ्गिक हिंसा जस्ता संवेदनशील विषयमा ऐन निर्माण गर्दा सरोकारावाहरुको सुझावलाई महत्व दिनुपर्ने र स्वास्थ्य नीतिको समीक्षा तथा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्