तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुलीमा सवारी दुर्घटना: एकको मृत्यु,अर्काको अवस्था गम्भीर

सिन्धुली । कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दिबासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का   १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button