तपाईँ सुन्दै हुनुहुन्छः

अकबरे खुर्सानीमा रोगको जोखिम,किसान परे मर्कामा

भोजपुर । भोजपुरका किसानको राम्रो आम्दानीको श्रोतको रुपमा रहेको ‘अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । 

भोजपुरका किसानको राम्रो आम्दानीको श्रोतको रुपमा रहेको ‘अकबरे खुर्सानी खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका हुन । लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । विगतका वर्षहरुमा यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै आएको थिए तर यस बर्ष भने खुर्सानीलाई रोगले नष्ट गरेपछि किसानलाई समस्या परेको हो । टिप्ने समय भएको खुर्सानीमा रोग देखिएपछि समस्या भएको उहाँको भनाइ छ ।

पछिल्लो समय खुर्सानीमा विभिन्न खालका रोगको प्रकोप देखिएकाले किसान मारमा परेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । खुर्सानीमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ । खुर्सानी खेतीमा देखिएका समस्या, विषयमा प्राविधिक सहयोग गर्दै आएको केन्द्रले जनाएको छ । रोग किराले खुर्सानीको फलमा क्षति भएपछि यो वर्ष उत्पादन पनि घट्न सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । रोग किरा नियन्त्रणको लागि प्राविधिक सहयोग सँगै रोग व्यवस्थापनको बारेमा किसानलाई जानकारी गराउँदै आएको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेश यादवले बताउनुभयो । 

जिल्लाको पौवादुङमा,टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाकाको करिब छ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा खुर्सानी खेती भइरहेको छ । गत जिल्लाबाट बर्षमात्र करिब २८ करोड बढीको खुर्सानी निर्यात भएको कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button