वीरगञ्जमा हैजा नियन्त्रणका लागि सरकारले आवश्यक सम्पुर्ण स्रोत साधन परिचालन गर्छ: गृहमन्त्री लेखक
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजा नियन्त्रणका लागि सरकारले आवश्यक सम्पुर्ण स्रोत साधन र चिकित्सक सहितको जनशक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नारायणी अस्पतालको स्थलगत निरीक्षण पछि सरोकारवालाहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले हैजा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले आवश्यकता अनुसार परिचालन गर्ने बताउनुभयो ।

बाहाँले भन्नुभयो “काठमाडौँमा जस्तै वीरगञ्जमा हैजा आउटब्रेक भएको समाचार आए पनि स्थलगत अवलोकनमा त्रसित हुने अवस्था नरहेको पाएँ । नारायणी अस्पतालका स्वास्थ्यकर्मीले राम्रो काम गरिरहेका छन्,” । उहाँले अस्पतालमा उपचारविना कुनै पनि बिरामीको मृत्यु हुन नदिन आग्रह गर्दै सरकारले औषधि, चिकित्सक र अन्य स्वास्थ्यकर्मीको कमी हुन नदिने आश्वासन दिनुभयो ।
गृहमन्त्री लेखकले बिरामीको अवस्था, औषधिको उपलब्धता र अस्पतालको स्थिति बुझ्न आफूहरू वीरगञ्ज आएको बताउनुभयो । उहाँले व्यक्तिगत रूपमा बिरामीसँग कुराकानी गरेको र उनीहरूले उपचार र औषधि पाएको जानकारी दिएको उल्लेख गर्दै केही दिनअघिसम्म दैनिक ५० जना बिरामी आउने गरेकोमा अहिले बिरामीको सङ्ख्या घट्दै गएको र ठिक भएर फर्किनेको सङ्ख्या बढ्दै गएको हुँदा अब केही दिनमा हैजा पुर्णरुपमा नियन्त्रणमा आउने बताउनुभयो ।
उहाँले नागरिकको जीवन जोगाउन सरकारले आवश्यक सम्पूर्ण सहयोग र स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै औषधि, चिकित्सक र स्वास्थ्यकर्मीको कमी हुन दिँदैनौँ । हैजालाई पूर्ण रूपमा नियन्त्रण गर्न हामी प्रतिबद्ध छौँ,” भन्नुभयो ।

छलफलमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कानून मन्त्री अजय चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुैणचन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मेसु डा. चुमनलाल दासले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्