दाङमा थारु समुदायद्वारा वड्का अट्वारि पर्व मनाइँदै
दाङ।थारु समुदायले सूर्यको पूजा गरेर मनाइने वड्का अट्वारि पर्व दाङमा आज विभिन्न स्थानमा मनाइँदै छ।
यस पर्वमा पुरुषहरूले निरजल व्रत बसेर आफ्ना छेलीलाई आफैं पकाएको अन्दिको रोटी, वरिया, पक्कि लगायतका परिकार उपहार दिने परम्परा रहेको लमही नगरपालिका मेयर जोगराज चौधरीले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश सरकारले यस पर्वका लागि भदौ ८ गते सार्वजनिक बिदा दिएको भए पनि दाङका चार पालिकाले भने आज स्थानीय बिदा दिएका छन्।

दाङमा देउखुरी र घोराही क्षेत्रका थारु समुदायले यो पर्व फरक–फरक समयमा मनाउने गरेका छन्। तर थारु विज्ञका अनुसार तीजपछि पर्ने पहिलो आइतवारलाई वड्का अट्वारि पर्वका रूपमा मनाइन्छ र यस दिन सूर्यको पूजा गरिन्छ।




प्रतिक्रिया राख्नुहोस्