तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएका छन् । 

भोलि (शनिबार) चीन भ्रमणमा लाग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ताका विषयका साथै समसामयिक विषयमा संसद्लाई जानकारी दिनुहुने छ ।

सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button