बाघको आक्रमणबाट एक जनाको मृत्यु
बारा । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृतक जीतपुरसिमरा उपमहानगरपालिका–२२ को दुई नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।
बुधबार बिहान करिब ७:३० बजे स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए। खोजतलासका क्रममा जङ्गलभित्र स्कुटर र घाँस मात्र भेटिएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
प्रतिक्रिया राख्नुहोस्