भीरबाट खसेर दुई जनाको मृत्यु
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको एउटै भीरबाट खसेर मृत्यु भएको छ ।
उनीहरूकाे चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक् भन्ने ठाउँको भीरबाट करिब एकसय मिटर तल स्यारखोलामा खसेर मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले जानकारी दिनुभयो ।
सोमबार चुम्लिङमा विद्युत् समितिको बैठकबाट फर्कँदा रिञ्जिन हराएका र खोजी गर्दा उनीहरू खोलामा भेटिएको दोर्जेको भनाई छ ।
चार दिनसम्म सबैतिर खोजी भएको, फेला पार्न सकेन आज बिहान खोज्दै जाँदा हिसेले उसको लास देखेका थिए । हिसेले नै गाउँलेहरू सबैलाई बोलाएका अनि सबै जना लास लिन खोलातरि झरेका बेला रिञ्जिन खसेकै ठाउँबाट हिसे पनि खसेर मृत्यु भएको वडा सदस्य ठिले ग्याम्जोले बताउनुभयो ।
आज बिहान नौ बजेतिर खसेर हौसेको घटनास्थलमै मृत्यु भएको दावा चुम्बा लामाले बताउनुभयो । यसअघि पनि विभिन्न समयमा पाँच जना यही भीरबाट लडेर मृत्यु भएको ग्याम्जोको भनाइ छ ।
प्रहरी बिहानै घटनास्थलमा पुगेर अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी भरतबहादुर विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्