५० किलोको एक बोरा युरिया मल भित्र साढे ४ किलोको ढुङ्गो !
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मल भित्र सिमेन्टको पिल्लर जस्तो आकारको देखिने ठोस बस्तु भेटिएको छ ।
वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी साना किसानको कार्यालयमा बुधवार बाँडिएको मल भित्र ढुङ्गा/सिमेन्ट पिल्लर जस्तो देखिने ठोस बस्तु फेला परेपछि किसान आश्चर्यमा परेका छन् ।सहकारीले ५० किलोको एक बोरा मल तीन जनालाई भाग लगाएको थियो ।
किसानले बोरा घर लगेर खोल्दा उक्त बस्तु भेटिएको हो ।एक किसानको भागमा जम्मा १६ किलो बढी युरिया पर्ने भएपनी उक्त ठोस बस्तु नै झन्डै साढे ४ किलोको भेटिएको हो । कृषि सामाग्री कम्पनी लिमिटेडले स्थानीय तहलाई उपलब्ध गराएको युरिया मलको बोरामा बोरा खोलेर हेर्दा देखिएपछि उक्त ठोस बस्तुलाई तौल गर्दा साढे ४ किलो रहेको स्थानीय मान बहादुर ढकालले बताउनुभयो ।ढुङ्गा भेटिएपछि ढुङ्गाको तौल कटाएर वाकी मल तीन जनालाई भाग लगाइएको छ ।
“सानो तिनो केही बस्तु भेटिनु त स्वाभाविक हो,त्यत्रो ठुलो ढुङ्गा बोरा भित्र कसरी भेटिन्छ”यो अनौठो कुरा भयो,ढकालले भने ।मल लिन बिहान २ बजेदेखि लाइन बसेको उपहार ढुङ्गो पाइयो”ढकालले व्यङ्ग्य गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्