तपाईँ सुन्दै हुनुहुन्छः

एआईबिडीको कार्यसमिति अध्यक्षमा भारत, उपाध्यक्षमा नेपाल निर्वाचित 

थाइल्याण्ड  । एशिया प्यासिफिक इन्स्टच्युट अफ ब्रोडकास्टिङ डेभलपमेण्ट AIBD को २३ औँ साधारण सभाले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । 

थाइल्यान्डको फुकेटमा आयोजित साधारण सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा भारत र उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । 

भारतको प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । 

यसैगरी साधारणसभाको अध्यक्षमा थाइल्यान्ड र उपाध्यक्षमा माल्दिभ्स निर्वाचित भएको छ ।

 कार्यसमिति सदस्यमा कोरिया, भूटान, फिलिपिन्स, बंगलादेश र भियतनाम निर्वाचित भएका छन् । नयाँ कार्य समिति आगामी २ वर्षका लागि निर्वाचित भएको हो । 

मिडिया, नागरिक, शान्ति र समृद्धि मूल विषयमा आयोजित AIBD को साधारण सभा भोली सम्पन्न हुने छ । AIBD साधारण सभा प्रत्येक वर्ष हुने औपचारिक सम्मेलन हो । 

सम्मेलनमा AIBD का सदस्य राष्ट्रहरू, सम्बद्ध संस्था र साझेदार तथा पर्यवेक्षकहरूको सहभागिता रहने गर्दछ । सम्मेलनबाट संस्थाको गतिविधिको समीक्षाका साथै भविष्यका योजनाहरूको तयारी र कार्यान्वयनको ढाँचा लगायतका विषयमा गहन छलफल हुने गर्दछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button