तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ७० गाडीको प्रदूषण जाँच्दा ४० फेल

कास्की । पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुवाँको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि सोमबार प्रदूषण जाँच गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० बस मापदण्ड विपरीत भेटिएका छन् ।

डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिनुभयो । गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ ।

हरेक ६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँ अभावका चेकजाँच गर्न समस्या हुने गरेको छ । मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मत संहार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरूप पाइए मात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

यातायात मन्त्रालयले सार्वजनिक सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button