जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग
काठमाडौँ । जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभा सदस्य साहले बुवा आमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गरिमाले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गर्नुभयो । “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्