विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन समितिमा पेस

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक सम्बन्धी समिति सचिवालयले तयार पारेको प्रतिवेदन पेस भएको छ ।
समितिको आज बसेको बैठकमा समिति सचिवालयले प्रतिवेदनमा दोहोरिएका विषय हटाई, नमिलेका विषयमा भाषा मिलाएर तयार गरेको विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेको हो ।
यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने गरेको प्रस्तावमा सांसदहरूको सहमत हुन नसकेपछि यस विषयमा आगामी बैठकमा थप छलफल गरी निर्णय गर्ने तयारी भएको छ ।
समितिले पेस भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर विधेयकको प्रतिवेदन पारित गर्ने तयारी समेत गरेको छ ।
यसअघिको विधेयकमा १४ वटा दफा थपिएका, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा संशोधन भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्