सहकारी नियमनको काम अब तीव्र हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । देशैभर सञ्चालनमा रहेका सहकारी संस्थाहरूको नियमन र सुशासनका लागि गठन भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएसँगै कामलाई तीव्रता दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बलराम अधिकारीले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका मापदण्ड बनाइ आजैदेखि तीव्र रूपमा बोर्डले काम थालेको जानकारी गराउनुभयो ।
देशको अर्थतन्त्रको मुख्य क्षेत्रका रूपमा रहेको सहकारीलाई व्यवस्थित गर्न मूल ऐन समेत संशोधन गर्न लागेको मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा खगराज शर्माले मुलुकको अर्थतन्त्रमा योगदान गर्न सक्ने सहकारी क्षेत्रमा सुशासन कायम गराउन आफू प्रयत्नशील रहने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषनारायण पौडेलले हिजो भदौ १ गतेदेखि नेपाल राष्ट्र बैङ्कबाट उपनिर्देशको नेतृत्वमा कर्मचारी कार्यालयमा हाजिर भएपछि बोर्डले काम सुरु गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोर्डका विज्ञ सदस्य डा.रमेशप्रसाद चौलागाई र सदस्य महेश खनाललाई मन्त्री बलराम अधिकारीले शपथ गराउनुभएको थियो ।
गत माघ महिनामा घोषणा गरिएको बोर्डमा सरकारले दुई महिनाअघि अध्यक्ष नियुक्त गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्