तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार गणेश उप्रेतीको तीज गीत “ए साथी सँगी हो” सार्वजनिक     

काठमाडौँ।  गीतकार गणेश उप्रेतीको तीज गीत “ए साथी सँगी हो” सार्वजनिक भएको छ । 

हिन्दु नेपाली महिलाहरूको विशेष पर्व, हरितालिका तीज को अवसर पारेर  गायिका पुनम गुरुङको  सुमधुर आवाजमा सजिएको तीजको गीत “ए साथी सँगी हो” गीतको लिरिकल भिडियो  सामाग्री गणेश उप्रेती (एरीना इन्टरटेन्टमेन्ट) यूटुब च्यानलमार्फत आज सार्वजनिक भएको हो । करुणा कँडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने सङ्गीत संयोजन न्हुछे महर्जनले गर्नुभएको छ ।

रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाइन्छ त्यसैले  पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गीतकार उप्रेतीको रहेको छ ।

एक दशक देखी गीत सङ्गीतमा क्रियाशील रहेका गणेश उप्रेतीको “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेऊ माया” “नजर को गुलेली” “जाले रुमाल ” “दिल यहाँ ”जस्ता दर्जन बढी चर्चित गीतहरू यस अघि नै सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button