तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत अधिकृत आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहीको नाममा जग्गा दर्ता गरिदिने भन्दै २४ लाख ५० हजार घुस मागको अभियोगमा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध अख्तियारले आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आरोप द्वयले पूर्व योजना अनुसार २४ लाख ५० हजार घुस लिएको पुष्टि भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो । उनीहरूलाई सो ऐन अनुसार कैद र बिगो अनुसार जरिवानाको माग दाबी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button