सरकारले एमएफएन १७ च्याम्पियन ढाटलाई नगदसहित सम्मान गर्ने
काठमाडौँ । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
मन्त्रीपरिषद् बैठकले उनलाई प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँले सम्मान गर्न लागेको हो । ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।
यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
यस्तै, उनका प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने २ लाखसहित सम्मान गर्ने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्