नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसमा ‘बाँके युथ कनक्लेभ’ सम्पन्न
बाँके । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ अवसरमा नेपालगन्जमा ‘बाँके युथ कनक्लेभ’ सम्पन्न भएको छ। “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले युवालाई देशको विकास र समृद्धिको आधार भन्दै स्वदेशमै रोजगारीका अवसर अभाव भएको बताउनु भयो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले पालिकाले युवा स्वरोजगार र सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भयो। कार्यक्रममा सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई ‘बास–ब्राईटल्याण्ड युवा पुरस्कार २०२५’ प्रदान गरिएको छ। दाहाललाई सम्मानपत्र, ट्रफी र १५ हजार रुपैयाँ नगद दिइयो।
बास नेपालका निर्देशक हेमराज भट्टले युवा दिवस र युवासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन राजन बर्माले, स्वागत तथा उद्देश्यबारे जानकारी आशिष बर्माले, र समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको सहभागिता थियो।
प्रतिक्रिया राख्नुहोस्