तपाईँ सुन्दै हुनुहुन्छः

नारी वैभव पुस्तक विमोचन

काठमाडौँ । लेखक नेत्र घिमिरेद्वारा लिखित पुस्तक नारी वैभवको विमोचन गरिएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नारी शक्तिभित्र अन्तर्निहित सामर्थ्यको चित्रण गरिएको पुस्तकको प्राज्ञ हंसावती कुर्मी, डा हरिप्रसाद पोखरेल मानसाग्नि, गुरुमाता इश्वरा गुरागाईँ लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ कुर्मी र मानसाग्निले नारीको बहु आयामिक दृष्टिकोणलाई अघि सारेको कृतिले आन्तरिक वैभवले मात्र शान्ति र आनन्द दिन सक्ने दार्शनिक पक्षलाई उजागर गरेको बताउनुभयो ।

कृतिका सर्जक घिमिरेले नारी शक्तिको महिमालाई आध्यात्मिक चेतनाका माध्यमबाट उजागर गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

पुस्तकमा समाज र परिवार व्यवस्थाको झल्को दिने गरी नारीको अभिभावकीय भूमिका, पारिवारिक तारतम्य, समझदारी र एकताको विषय समेटिएको छ ।

प्रकाशक सुजाता घिमिरे दाहालले विभिन्न १२ वटा शीर्षक मार्फत नारीलाई प्रकृति, सिर्जनासँग जोड्दै नारीको वात्सल्य र करुणालाई सर्जकले उजागर गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button