तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव तीन दिनपछि नेपाली सेनाद्वारा उद्धार

बाजुरा। बाजुराको बडीमालिका क्षेत्रको विष्णुपानी नजिक भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव नेपाली सेनाले करिब तीन दिनपछि उद्धार गरेको छ।

साउन २२ गते साँझ बडीमालिका दर्शन गरी फर्कँदै गर्दा काठमाडौं महानगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी भीरबाट लडेका थिए। उनीहरूको साउन २४ गते घटनास्थलमै मृत्यु भएको थियो।

शव अप्ठ्यारो भीरमा अड्किएकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो। नेपाली सेना ईश्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिल्सिनाको नेतृत्वमा, स्थानीय र नेपाल प्रहरीको सहकार्यमा शव निकालिएको हो।

शनिबार साँझ शवलाई भीरबाट आधिबाटोसम्म बोकेर ल्याइएको र तल ल्याउने काम जारी रहेको सेनाले जनाएको छ। उद्धारपछि शवलाई सेनाको हेलिकप्टरमार्फत परिवारसम्म पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button