तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा जनैपूर्णमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक सन्देश जारी गर्नुहुँदै जनैपूर्णमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति÷समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको सभापति देउवाले बताउनुभयो  ।

“विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रक्षा बन्धन, जनैपूर्णमा ९ऋषितर्पणी० तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भासाभासी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउनुभयो । उहाँले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button