मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ यूथ लिगको दोस्रो स्थानमा
काठमाडौँ । न्युरोड टिम (एनआरटी)विरुद्ध २–० गोलको जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ यूथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जितसँगै मच्छिन्द्रले १२ खेलमा २६ अङ्क जोडेको छ । पराजित एनआरटी समान खेलबाट १२ अङ्कका साथ १०औँ स्थानमा छ । शुक्रवार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे ।








प्रतिक्रिया राख्नुहोस्