हवाई क्षेत्र सुधारका विधेयकबारे समितिमा गहन छलफल
'विधेयकबीचको सम्बन्ध स्पष्ट गर्न सांसदहरूको सुझाव'
काठमाडौँ । नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि दफावार छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले नागरिक उड्डयन प्राधिकरण विधेयसँग अन्तर सम्बन्धित विषयलाई मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

समितिको बैठकमा सांसदहरू विमलेन्द्र निधि, भिम आचार्य, सुनिता बराल, एन पी साउदलगायतले नेपालको हवाई सेवालाई व्यवस्थित गर्नका लागि सरकारले एकै पटक ल्याएको हवाई सेवा विधेयक र नागरिक उड्डयन प्राधिकरण विधेयकमा उल्लेखित कार्य क्षेत्र र ऐन बनाउने क्षेत्रहरू स्पष्ट भएर मात्रै विधेयकमा दफावार छलफल गर्न सुझाव दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले दुई विधेयकका मुख्य प्रावधानलाई संशोधनकर्ता सांसदहरूसहितको बैठकमा छलफल गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्