तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय

काठमाडाैँ । प्रतिनिधिसभाको साउन मसान्तसम्म ६ दिन बैठक बस्ने गरी क्यालेन्डर तय भएको छ । 

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकले साउन महिनामा १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्ने गरी क्यालेन्डर तय गरेको हो ।

कार्य व्यवस्था परामर्श समितिको बैठकअघि सभामुख देवराज घिमिरेले, उपसभामुख इन्दिरा राना र कानूनमन्त्री अजय चौरासियाको सहभागितामा पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button