तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घोषणा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घोषणा गर्नुभएको छ । उहाँले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुभएको हो ।

राजीनामा घोषणा गरेसँगै उहाँ काठमाडौँ हिँड्नुभएको छ । उहाँ प्रमुख स्वकीय सचिव क्षत्रबहादुर लामालाई राजीनामा बुझाउने जिम्मा दिएर काठमाडौँ जानुभएको हो । प्रमुख स्वकीय सचिव लामाले भोलि मात्रै प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा बुझाउने मुख्यमन्त्री लामाले बताउनुभयो । प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

२०८१ को साउन ९ गते मुख्यमन्त्री बन्नु भएका लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button