सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, २७ वटा ढोका खोलिए

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च अवस्थामा पुगेको छ । आइतबार दिउँसो ४ बजेको मापन अनुसार सप्तकोसी नदीमा पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।
प्रशासनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २६ वटा ढोका खुला गरिएको छ ।
सप्तकोशीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ । सप्तकोशीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्